हाम्रो निगरानी . निशुल्क स्वास्थ्य सेवा प्रभावहिन

१७ साउन, दैलेख । स्वास्थ्य सेवामा लामो समयदेखि रहेको समस्या कम गर्न नेपाल सरकारले निशुल्क स्वास्थ्य सेवाको कुरा गरेपनि आर्थिक वर्ष ०७१÷०७२ मा दैलेखका अधिकांंश गाविसमा स्वास्थ्य उपचार र औषधी अभावले स्थानिय जनताहरुले सहज स्वास्थ्य सेवा प्राप्त गर्न पाएनन् ।
जिल्लाका ग्रामिण क्षेत्रमा रहेका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको न्यून उपस्थिती र सहज रुपमा निशुल्क औषधी उपलव्ध नहुनुले त्यस क्षेत्रका जनताहरुले उपचारका लागि निजी स्वास्थ्य संस्था,सदरमुकाम वा अन्यत्र जिल्लामा पुग्नुपर्ने वाध्यता यस वर्षपनि निरन्तर देखियो ।
सदरमुकाम आसपासका गाविसका जनताहरु स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकलमा पुग्ने गरेपनि जिल्लाका दुर्गम गाविसका जनताहरु सामान्य स्वास्थ्य समस्या हुदा पनि घरेलु उपचार र वढी रोगले च्याप्दा दुईदिनसम्म पैदल हिडेर सदरमुकाम र जिल्ला वाहिर जानुपरेको वाध्यता स्थानिय जनताले गुनासो गरे ।
नेपाल सरकारले स्थानिय जनताका लागि निशुल्क प्रदान गर्ने १ सय ४० प्रकारका औषधी खरीदमा विनियोजित २७ लाख रकममध्ये ८ लाख फ्रिज भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सो कार्यालयले टेण्डर प्रक्रियावाट औषधी खरीद गरीएको जानकारी दिएपनि कमिशनको लोभमा कमशल खालका औषधी खरीद गरीएको स्रोतले जानकारी दिएको छ । निशुल्क प्रदान गर्ने १ सय ४० प्रकारका औषधीमध्ये यस वर्ष आधाजति मात्र उपलव्ध गराईएको पाईएको छ ।
जिल्लामा प्रसुती सेवाका लागि सरकारले आर्थिक वर्षको अन्ततिर पठाएको २५ लाख रकम एकजना डाक्टर,एकजना स्टाफ नर्स र पाच जना परिचरको पारीश्रमिकमा खर्च गरीएको छ । प्रसुती सेवाका लागि ०७२ वैशाख ५ गतेदेखि हाजिर भएका डा.अशोक खनाललाई मात्र आर्थिक वर्षको अन्तसम्म ९ लाख रकम पारीश्रमिकको रुपमा उपलव्ध गराईएको छ ।
सरकारले फिल्ड भत्ताको रुपमा मातृ शिशु कार्यकर्ता (माशिका) र ग्रामिण स्वास्थ्य कार्यकर्ता (ग्रास्वाका) का लागि उपलव्ध गराएको रकम वितरणमा पनि असमानता देखिएको स्वाथ्यकर्मीहरुवाट नैै गुनासो आएको छ । फिल्ड भत्तास्वरुप आएको १४ लाख ७३ हजार रकम पाउनेमा अधिकांश अहेव र अनमी रहेका छन् भने कममात्र तोकिएका कर्मचारीले पाएका छन् । फिल्ड भत्ता असमान हुनुमा कामको आधारमा मुल्याकंन अनुसार रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
माथि उल्लेख गरीएका स्वास्थ्य सेवामा देखिएका समस्याहरु प्रतिनिधिमुलक रुपमा रहेका समस्या हुन् । समग्रमा स्थानिय तहमा स्थानिय जनताले प्रत्यक्ष रुपमा पाउनसक्ने निशुल्क स्वास्थ्य सेवा प्रभावकारी वनाउन सम्वन्धित कार्यालय,सरोकारवालाको चासो र चिन्ता अपरिहार्य रहेको हाम्रो तेस्रो आंखा टिमको सल्लाह र सुझाव रहेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*