हसिया प्राहारबाट एक धामीको हत्या

२० साउन, दैलेख । सात्तला गाबिसको डाबमा एक धामीको बिरामी भनिएका एक ब्यक्तिले हत्या गरेका छन् । सात्तला डाब निवासी नारायण शाहीले चामुण्डा ७ का सेते कामीको मंगलबार हँसियाले रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
स्वस्तिक रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको प्रतिक्षालयमा बसेर झारफुक गरिरहेका बखत नारायणले सेतेलाई हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई एक वर्षदेखि सेतेले झारफुक गर्दै आएका थिए । स्थानीयका अनुसार नारायण मानसिक रोगी थिए । नारायणका परिवारले बोलाएपछि सेते ६ घण्टाको पैदल हिडेर कणार्ली राजमार्गमा पर्ने डाबमा पुगेका थिए ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद श्रेष्ठले अभियुक्त पक्राउ गरिसकेको जानकारी दिए । माथिल्लो कणार्ली आयोजना सुरक्षा बेस क्याम्पमा खटिएका सशस्त्र प्रहरीले घटनालगत्तै नारायणलाई नियन्त्रणमा लिइ जनपद प्रहरीको जिम्मा लगाएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*