कर्णालीका सभासदहरुलाई राजीनामा दिएर आन्दोलनको अगुवाइ गर्न कालिकोटका नागरिको निर्देशन

२६ साउन, कालिकोट ।
कर्णाली भेरी सिंगो मध्यपश्चिमलाइ काटेर भाग विालो हाल्दासम्म माखो मार्न नसक्ने कर्णाली भेरीका सभासदहरुलाई संविधानसभा छाडेर नागरिक आन्दोलनको अगुवाइ गर्न कालिकोट जिल्लाका नागरिकहरुले निर्देशन दिएका छन । विषेश अधिकार सहितको अखण्ड कर्णाल भेरी प्रदेशको माग राख्दै आज सदरमुकाम मान्ममा आयोजित वृहत प्रदर्शन पछि यहाका नागरिकहरुले यस्तो निर्देशन दिएका छन । नगारिकका अधिकारको लागि मत दिएर पठाएपनि सभासदले माखो मार्न नसकेको वरु जनाधिकार प्राप्त गर्नु भन्दा प्राप्त अधिकार पनि गुमाएको भन्दै आक्रोशित नागरिकहरुले यस्तो चेतावनी दिएका छन । रोग र भोगको चपेटामा रहेका कर्णाली र भेरीका जनतालाई प्रदेशको सिमांकनबाट पछि पार्न खोजीएको उनिहरुले बताएका थिए । कर्णाली र भेरीको पहिचान स्थापीत गर्न आन्दोलनको शुरुवात गरिएको भन्दै संविधान सभाबाट नसक्ने नेताहरुले सडक आन्दोलनको अगुवाई गर्न माग गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*