आन्दोलन ४ औ दिन सम्म पनि जारी, जिल्ला स्थित सबै सरकारी कार्यालय बन्द

२७ साउन, दैलेख । अखण्ड मध्येपश्चिमको माग राख्दै शुरु गरिएको आन्दोलन चौथो दिन पनि जारी रहेको छ ।
आन्दोलन चौथो दिनमा पुग्दा जिल्ला स्थित सबै सरकारी कार्यालय बन्द भएका छन् भने जिल्ला नै बन्द भएको छ । जिल्ला स्थित विभिन्न नागरिक संगठनहरुले आन्दनेलनमा एक्यवद्धता जनाउने क्रमपनि जारी रहेको छ । नेपाल शिक्षक यूनियन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, पेशागत महासंघ, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन लगाएतका पेशागत संगठनले आन्दोलनमा एक्यवद्धता जनाएका छन् । जिल्लाम सञ्चालन हुन यातायातका साधन, विद्यालय, वित्तीय संस्थाहरु २ दिन देखि यथावत रुपमा बन्द गरिएका छन भने बुधवारबाट सरकारी कार्यालयहरु पनि बन्द भएका छन् । सरकारले आफ्ना मागहरु प्रति वेवास्था गरेको भन्दै माग पुरा नभए सम्मका लागि आन्दोलनलाई थप चर्कायर लैजाने आन्दोलनरत राजनीतिक दल र नागरिक सकाजका अगुवाहरुले बताएका छन् ।
सदरमुकामको विभिन्न चोकबाट निकालिएको जुलुसले सरकारी कार्यालय र गैरसरकारी संस्थाहरु बन्द गर्दै बजार परिक्रमा गरेको थियो । जुलुसमा सर्बसाधारणहरु स्वस्फुथ एक्यवद्धता जनाउदै सडकमा उत्रिएका थिए । सरकारले मध्यपश्चिम बासीको मावनात्मक सम्बन्धमा चोट पु¥याएको भन्दै यस्ता खालका अवैज्ञानिक सिमांकन सच्याउन आन्दोलनरत दल लगाएत नागरिक समाजले माग गरेका छन् । भोली देखि आन्दोलनलाई थप उचाईमा लैजान जिल्ला स्थित राजनीतिक दलहरुका भार्ती संगठनहरु र पार्टी गाउँ र नागरका सबै समिटीले नारा जुलुस सहित सदरमुकाम घेराउ गर्ने बताएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*