आन्दोलनको ७तौ दिन, विसाल मसाल जुलुस सहित सभासदको पुतला दहन

रत्न शाही
३० साउन, दैलेख । समग्र मध्यपश्चिमको एक प्रदेश हुनुपर्ने माग गर्दै दैलेखवासी सडक संघर्षमा छन् ।
2
दैलेख सदरमुकाममा विसाल मसाल जुलुश सहित ६ सय १ जना सभासदहरुको सयूmँक्त पुत्ला दहन गरिएको छ । संघर्ष गरिरहँदा पनि मध्यपश्चिमि आन्दोलनलाई खिल्ली उडाइएको भन्दै दैलेखी दिनहूँ आक्रोश हुँदै गएका छन् । भरी कर्णाली र राप्ती मिलेर बनेको मध्यपश्चिमलाई प्रदेश दिन चार पार्टीको आनाकानी हुन्न भन्ने विश्वासमा रहेका दैलेख बासी एक्कासी ५ र ६ प्रदेशमा गाभिएको निर्णय सुन्दा अत्तालिएका थिए । विभिन्न आन्दोलनमा कतिका बलिदानी भए, २, ४ जनाको मृत्यू र सडकमा नाराजुलुश हुँने वित्तिकै आत्तीने भन्ने चार दल सम्वद्ध शिर्ष नेताहरुको अटेर अभिव्यक्ति वाट खेद आपत्ती व्यक्त समेत दैलेखीले गरेका छन् । मध्यपश्चिममा भैरहेको आन्दोलनको माग समग्र मध्यपश्चिम एक सम्वोधन नभए दैलेखमा भैरहेको आन्दोलन बाँके र बर्दिया पनि सशक्त रुपमा अघि वढ्ने दैलेखीले चेतावनी दिए ।
भेरीका दैलेख सुर्खेत, जाजरकोट र कर्णाली अञ्चलका पाँच वटै जिल्ला छैठौ प्रदेश सुदुरपश्चिम र बाँके र बर्दिया सहित रापतीका सबै जिल्ला पाँचौ प्रदेशमा गाभेको भन्दै दैलेखी ८ दिन देखि सडक संघर्ष गर्दै आइरहेका छन् ।
नागरिक समाज सहित सम्पुर्ण राजनीतिक दलहरुको सहभागितामा सर्वपक्षिय आन्दोलन संयोजन समिति गठन गरि अखण्ड मध्यपश्चिमको माग गर्दै नारा जुलुस सहित दैलेखीहरुले जिल्ला प्रशासन मार्फत संविधान सभा अध्यक्ष्य, संविधान सभा सचिवालय र राजनीतिक संवाद तथा सहमति समितिलाई ज्ञापन पत्र समेत यस अघि बुझाइसकेका छन् । अहिले गरिएको सिमांकन खारेज गरि मध्यपश्चिमलाई सातौ प्रदेशमा सिमांकन गर्नु पर्ने नत्र पाँच विकास क्षेत्रको सिमांकनलाई यथावत राखी पाँच प्रदेश नै कायम गरिनु पर्ने दैलेखीले विकल्प समेत राख्दै आएका थिए । यहि स्थितिमा सिमांकन रहे मध्यपश्चिमीहरुलाई मान्य नहुने यसका लागि जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने दैलेख वासीहरुले यस अघि नै खवरदारी गरेका थिए । भोली देखी आम हड्ताल कार्यक्रम समेतको घोषण गरिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*